सहकारीले मुख्य निर्णय लिने बेला झमेला देखियो: मैनाली  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीले मुख्य निर्णय लिने बेला झमेला देखियो: मैनाली 



काठमाडौं । पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीले मुख्य निर्णय लिने बेला झमेला देखिएको बताए। आईतबार आर्थिक मिडिया सञ्चालक संग नेपाल (इमान) ले आयोजन गरेकाे सहकारीका संकट: समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।

कम्पनीका सञ्चालक नै सहकारीको सञ्चालक हुने र सहकारीको पैसा कम्पनीमा लगानी गर्ने गरेकाले समस्या बढेको उनले बताए । उनले कम्पनीका सञ्चालकलाई सहकारीबाट तत्काल निकाल्न आग्रह गरे । साथै, सहकारी संस्थाले कानुनी भूमिका निभाउनु पर्ने भन्दै नियमअनुसार काम गर्ने हो भने त्यस्ता समस्या हटेर जाने उनले बताए ।

त्यस्तै, उनले ३ लाख सम्मको निक्षेप बीमा मार्फत सुरक्षित गर्नुपर्ने भन्दै लाभांस दर सरकारी ऋणपत्रसंग समान बनाउने र कार्यक्षेत्र निर्धारण ऐनकाे प्रावधान कडाइका साथ लागू गर्न आग्रह गरे।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १४:१५