सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टैः मन्त्री भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टैः मन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन्। देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका हुन्।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रतिनिधिमण्डलले विहिबार उनकै कार्यकक्षमा भेटगरी व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए।

त्यसक्रममा उनीहरुले ब्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने समेत बताएका थिए । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायीक झन्झट र ब्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए।

त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फवाट ब्यवसायिका समस्या जानकारी गराए । भेटका क्रममा दुईवटै महासंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार ११:१४