काठमाडाै । नेकपा एमाले प्रदेश १ कमिटीले दुर्गा प्रसाईँलाई कारबाही सिफारिस गरेको छ । शुक्रबारको प्रदेश कमिटी बैठकले ८१ जनालाई जिम्मेवारीबाट हटाउँदै दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
पार्टीको नीति सिद्धान्त विपरीतका गतिविधि गर्दै हिडेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीमा सिफारिस गरेको हो । उनले पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारसलाई राखेर प्रसाईँले कार्यक्रम गरेपछि एमालेमा बबन्डर मच्चिएको छ।
प्रसाईँ एमालेको केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख समेत हुन् ।
Comment