काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मुल्य घटेर आएको छ। आईओसीले प्रतिलिटर पेट्रोलमा १.९७ रुपैयाँ र डिजेलमा ६.४० रुपैयाँले घटाएर नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ।
आईओसीले हरेक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ। यसअघि आईओसीले प्रतिलटर पेट्रोल र डिजेलमा ३–३ रुपैयाँले बढाएर मूल्यसूची पठाएको थियो। भारतबाट मूल्य घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भने गरेको छैन।
Comment