साेमबार अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साेमबार अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने



काठमाडौं ।  साोमबार सार्ववजनिक विदा भए पनि अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारको निर्णयानुसार सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा भएपनि नगद कारोबार, चेक क्लियरिङ आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिइने छ ।

विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचित गरेको छ ।

प्रकाशित : २९ माघ २०७९, आईतवार २२:३२