काठमाडौं । सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ।
Comment