चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुने



काठमाडौं । निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । माघ २९ गते बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते चितवन क्षेत्र नं -२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि गत मंसिर ४ गते भएको निर्वाचनमा यो क्षेत्रबाट रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेपछि उक्त स्थान रिक्त भएको थियो ।

प्रकाशित : २९ माघ २०७९, आईतवार १७:३३