राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित



काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्ष पदमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि निर्वाचन आयोगले तोकेको मनोनयनको समयमा अर्यालको मात्र उम्मेदवारी परेको थियो ।

सो पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने र माओवादीकी अर्याललाई समर्थन गर्ने निर्णय गरेको थियो । अर्यालविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार १५:१५