काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.८६अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ अंकले घटेको छ ।
सोमबार २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर खरिद बिक्री भएको छ भने ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
बजार दोहोरो अंकले घट्दा नेप्सेको अधिकांश समुहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १६.०२, विकास बैंक ९५.४३, वित्त कम्पनी ६२.०६, जलविद्युत ७८.५०, होटल तथा पर्यटन १२१.९८,जीवन बीमा समूहको उपसूचक १२१.५४, उत्पादन तथा प्रशोधन ७२.१८, माइक्रोफाइनान्स ८५.७९, निर्जीबन बीमा२७०.१३, अन्य समूहको उपसूचक ३३.१९ र ट्रेडिङ समूहको उपसूचक ४३.७८ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज २ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, युनाइटेडइदी मार्दी हाइड्रोपावरको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज सुर्यज्योती लाइफ इन्स्यारेन्स शिर्ष स्थानमा रहेको छ । यसको १७ करोड ६५ लाख ४० हजार रुपैयाँ भन्दा बढीको शेयर किनेबच भएको छ ।





Comment