काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७६ अंकले घटेको छ ।
आइतबार २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता शेयर खरिद बिक्री भएको छ भने ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।
बजार दोहोरो अंकले घट्दा होटल तथा पर्यटन ६.८८ र जीवन बीमा समूहको उपसूचक ३७.९६ अंकले बढेको छ भने बांकी अधिकांश समुहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक ७.३५, विकास बैंक ६१.३५, वित्त कम्पनी३७.७२, जलविद्युत ८.९३, उत्पादन तथा प्रशोधन १३.२७, माइक्रोफाइनान्स ४१.८८, निर्जीबन बीमा ८.७१, अन्य समूहको उपसूचक २०.६४ र ट्रेडिङ समूहको उपसूचक २५.१५ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज ५ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज आईएमई जनरल इन्स्यारेन्स शिर्ष स्थानमा रहेको छ । यसको ९ करोड ९९ लाख ४ हजार रुपैयाँ भन्दा बढीको शेयर किनेबच भएको छ ।





Comment