यस साता सामान्य अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता सामान्य अंकले उकालो लाग्यो नेप्से



काठमाडौं । यो साता नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागेको छ । ४.४० अंकले बढेको बजारमा २५४ वटा कम्पनीहरुको २ लाख १७ हजार ७ वटा कारोबार भएको हो ।

जसअनुसार ३ करोड २२ लाख ९५ हजार ४९ कित्ता शेयर खरिद बिक्री हुदाँ कारोबार रकम १३ अर्ब २ करोड १५ लाख ४० हजार ६९४ रुपैंया बराबरको भएको छ । कारोबारको पहिलो दिन २१७८.८१ अंकमा खुलेको बजार साताको अन्तिम दिन ०.२० प्रतिशतले बढेर २१८३.२१ अंकमा बन्द भयो ।

पछिल्लो समय नेप्से परिसूचसँगै दैनिक कारोबार रकम पनि सुक्षम रुपले अगाडी बढ्दो क्रममा छ । यस साताको शेयर बजारलाई हेर्दा आइतबार बिदा परेकाले ४ दिन मात्रै बजार खुलेको थियो । ४ कारोबार दिनमा बजार खुलेको पहिलो दिन सोमबार र कारोबारको अन्तिम दिन बिहीबार नेप्से ओरालो लाग्यो । बाँकी दुई दिन भने नेप्सेले उकालो यात्रा तय गरेको थियो। यो साता उच्च बिन्दु २२०३.१३ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु २१३९.८९ अंक बनाएको थियो ।

सातामा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तिय संस्था रहेको छ । यसको शेयरमुल्य ३८.४७ प्रतिशतले बृद्धि भई प्रतिकित्ता ११९७.९ रुपैंया पुगेको छ।

त्यसैगरी दोस्रो स्थानमा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रहेको छ । यसको शेयर ३२.०७ प्रतिशतले बढेर प्रतिकित्ता ४९५ रुपैंया पुगेको छ। साथै, बाराही हाइड्रोपार पब्लिक लिमिटेडको शेयर १८.३५ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको १३.७८ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रोमोटरको ११.११ प्रतिशतले बढेको छ ।

सातामा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० रहेको छ । यसको शेयरमुल्य ६.९८ प्रतिशतले गिरावट आई प्रतिकित्ता २४० रुपैंयामा झरेको छ । त्यसैगरी, दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंकको प्रोमोटर शेयर रहेको छ । यसका लगानीकर्ताले ५.५१ प्रतिशतले घाटा बेहोरेका छन् । तेस्रो स्थानमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५.४६ प्रतिशत, सिभिल लघुवित्त वित्तिय संस्थाको ५.४१ प्रतिशत र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर ५.३६ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : १४ माघ २०७९, शनिबार १०:१९