काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत असार २७ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो । असार २७ गतेपछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
Comment