काठमाडौं। साताको अन्तिम दिन बिहीबार शेयर बजारमा झिनो गिरावट आएको छ। आज बजार ०.४१ अंकले ओरालो लागेर २१८३.२१ को विन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१० अंकले घटेर ४१३.१४ को विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत भएका मध्ये २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा किनबेच भएका छन्। साथै, नेप्सेको १३ वटा समुहको उपसमूहमध्ये ६ वटा समुहको उपसमूह बढेको छ भने ७ वटा समुहको उपसमूह घटेको छ ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.४९ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह १.२७ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, जलविद्युत समूहमा ०.८१ प्रतिशत, लगानी समूहमा ०.०७ प्रतिशत र व्यापार समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.३६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत, लघुवित्त समूहमा ०.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।जसमा लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ । यसको ९ करोड ७० लाख ९५ हजार रुपैंयाभन्दा धेरैको कारोबार भएको छ ।





Comment