नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो



काठमाडाैं । चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा सोहि अवधिमा बैंकले १ अर्ब ६२ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढेर २ अर्ब ८ करोड पुगेको हो ।

यद्यपि यस अवधिमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार गरेका छन।

यस अवधिमा बैंकको ब्याज आम्दानी ७१.३२ प्रतिशतले बढेर ११ अर्ब ९५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड कायम भएको छ । बैंकको खुद संचालन आम्दानी भने २१.२४ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा २३ अर्ब ५५ करोड रहेको छ । यस अवधि बैंकले ३ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेको छ भने बैंकको निक्षेप ३ खर्ब ५५ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा बढेर ३.७१ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १५.६१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रकाशित : १२ माघ २०७९, बिहीबार १२:४५