माछापुच्छ्रे बैंकको खुद नाफा १.४३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको खुद नाफा १.४३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा १.४३ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २४.२० प्रतिशतले बढेर २ अर्ब ७९ करोड २९ लाख रुपैंया र सञ्चालन नाफा १.५४ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ३५ लाख रुपैंया रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने ६४.११ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ भएको छ । गत वर्ष यसको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी २८ पैसाले बढेर १९ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिसम्म आइपुग्दा बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैंया रहेको छ भने बैंकको जगेडा कोषको रकम १४.९६ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ८९ लाख रुपैंया पुगेको छ ।

प्रकाशित : ८ माघ २०७९, आईतवार ११:३१