माघ ८ गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

माघ ८ गते सार्वजनिक विदा



काठमाडौं । सरकारले माघ ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार सोनाम ल्होसारको अवसरमा नेप्से, बैंक तथा बीमा कम्पनी, सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

प्रत्येक वर्ष माघ ८ गते तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘सोनाम ल्होसार’ पर्व मनाउँछन् ।

*यस अघिको समाचारमा माघ १५ भएकाले सच्याइएको छ । (सम्पादक)

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १३:२३