गत बर्ष ३१.५८ प्रतिशत लाभांश दिएको सपोर्ट लघुवित्तको यस बर्ष कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गत बर्ष ३१.५८ प्रतिशत लाभांश दिएको सपोर्ट लघुवित्तको यस बर्ष कति छ ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ११.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा ११ प्रतिशत बोनस शेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ । गत वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २ माघ २०७९, सोमबार १२:१२