क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडाैं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलाशले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पाटन अदालतले जिल्ला अदालतक ओआदेश बदर गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर अदालतले अर्को नहुँदासम्म उनलाई विदेश जान भने रोक लगाएको छ ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १९:३९