हिमालयन एभरेष्ट इन्स्योरेन्सका लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सका लाभांश घोषणा



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश साविक हिमालयन जनरल इन्स्योरेन्सको नाफाबाट मात्रै हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १०:३९