नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो ।मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् । यो भनेको मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्टको ९० कित्ता पाउनेछन् । मेगा बैंकमा १०० कित्ता हुनेको सेयर घटेर ९० हुनेछ भने इन्भेष्टमेन्ट बैंक सेयर संख्यामा परिवर्तन नुहने बताइएको छ।
मर्जपछि बैंकको चुक्त पुँजी करिब ३५ अर्ब रुपैयाँ पुग्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब र मेगाको १६ अर्ब ७६ करोड बढी रहेको छ । यस्तै, मर्जपछि बैंकको जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड, निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने छ ।
अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । संचालकमा नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य संचालकमा रहने सहमति भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।

प्रकाशित : २७ पुष २०७९, बुधबार ०८:२४