एकैदिन ९ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एकैदिन ९ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकैदिनमा ९ अर्ब रुपैंयाले घटेको छ । राष्ट्र बैंकका अनुसार पुस २४ गते ५३ खर्ब २० अर्ब रूपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ९ अर्ब रुपैंयाले घटेर पुस २५ गतेसम्ममा कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो ।

यस अबधिमा बाणिज्य बैंकहरुको निक्षेप संकलन पनि घटेको छ । बाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैंयाले घटेर ४६ खर्ब ८० अर्ब रुपैंयामा झरेको छ ।

साथै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने बढेको छ । कर्जा लगानी ५ अर्बले बढेर ४७ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ । पुस २५ गतेसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ४ अर्ब रुपैंयाले बढेर ४२ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो पनि बढेर ८६.६५ प्रतिशत पुगेको छ। पुस २४ गतेसम्म औसत सीडी रेसियो ८६.४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १७:१९