सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता निरौला विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता निरौला विजयी



काठमाडाैं । सर्वोच्च बार एसाेसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएका हुन उनका प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरे ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भए । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भए ।

त्यस्तै सदस्यहरूमा लोकतान्त्रिकबाट उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भए भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भए ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि चुनाव भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १३:५३