मर्जरपछि इन्भेष्टमेन्ट र मेगाको एकिकृत कारोबार पुस २७ बाट,२ दिन कारोबार अवरुद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जरपछि इन्भेष्टमेन्ट र मेगाको एकिकृत कारोबार पुस २७ बाट,२ दिन कारोबार अवरुद्ध हुने



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपस मर्ज भई पुस २७ गते बुधबारबाट एकिकृत कारोबार हुने भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयल पुस २१ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

सोहि अनुसार २७ गते बुधबारदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा रहने छ ।

एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि पुस २५ गते सोमबार र पुस २६ गते मंगलबार दुवै बैंकका केन्द्रीय कार्यालय र शाखा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द रहने छ ।

प्रकाशित : २४ पुष २०७९, आईतवार ११:११