बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस शेयर सूचीकृत भएको छ। बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९का लागि कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश थिए। सोही ६ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १४:१५