नेको इन्स्योरेन्सको साधारण सभा माघ १५ गते, यस्ता छन् मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेको इन्स्योरेन्सको साधारण सभा माघ १५ गते, यस्ता छन् मुख्य एजेण्डा



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २७औं वार्षिक साधारण सभा माघ १५ गतेका लागि बोलाएको छ । पुष २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १२:१३