काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
Comment