पाँच महिनामा जीवन बीमा कम्पनीले गरे ५९ अर्बको बीमाशुल्क आर्जन, मंसिरमा मात्रै साढे १३ अर्ब रुपैंया संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बीमा

पाँच महिनामा जीवन बीमा कम्पनीले गरे ५९ अर्बको बीमाशुल्क आर्जन, मंसिरमा मात्रै साढे १३ अर्ब रुपैंया संकलन



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ १६ हजार रुपैंया कुल शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्ममा कुृल १ करोड ३९ लाख ८६ हजार ५०५ वटा बीमालेख विक्री गरी उक्त रकम बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

प्राधिकरणका अनुसार १९ कम्पनीहरुले मंसिर महिनामा मात्रै १० लाख एक हजार १९९ वटा बीमालेखबाट १३ अर्ब ५० करोड ४६ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, कम्पनीहरुले पाँच महिनासम्ममा ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ बराबरको रकम नविकरण बीमा शुल्कबाट मात्र कमाएका छन् भने नयाँ व्यसाय मार्फत ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको रकम आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब २ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ६ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ५६ करोड, यूनियन लाइफले ३ अर्ब ३ करोड, एशियन लाइफले २ अर्ब ८० करोड, सिटिजन लाइफले २ अर्ब २० करोड, मेट लाइफले २ अर्ब ९ करोड र सुर्य लाइफले २ अर्ब २ करोड रुपैयाँ आर्जन गरेका छन् ।
यी बाहेक सबैको बीमा शुल्क २ अर्ब तल रहेको छ भने सबै भन्दा कम बीमा शुल्क संकलन गर्नेमा प्रभु लाइफ र महालक्ष्मी लाइफ रहेका छन् । जसमा प्रभु लाइफले ८२ करोड ५३ लाख रुपैंया र महालक्ष्मी लाइफले ६२ करोड ३ लाख रुपैंया बीमाशुल्क बापत जम्मा गरेका छन् ।

प्रकाशित : १७ पुष २०७९, आईतवार २१:५५