प्राकृतिक बचतको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्राकृतिक बचतको साधारण सभा सम्पन्न



ललितपुर । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा १२ वटा प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । संस्थामा हाल ६ हजार २ सय १७ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ६ करोड ६७ लाख १ हजार रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ५२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड १६ लाख रुपैयाँ सदस्यलाई लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ९५ करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ पुष २०७९, आईतवार १५:२३