सम्पादक श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सम्पादक श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार



काठमाडौं । सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान–२०७९’ प्रदान गरिएको छ । सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो ।


नगद १५ हजार राशी सहितको उक्त सम्मान शनिबार ललितपुरमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई प्रदान गरिएको हो । पूर्व मन्त्री समेत रहेका बडाल राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष हुन् ।


राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका पूर्व ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेकी हुन् ।


सम्पादक श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गरेका हुन् । विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् ।

प्रकाशित : १७ पुष २०७९, आईतवार १५:१६