निर्जीवन बीमा कम्पनीले बीमा शुल्क वापत करिब १६ अर्ब उठाए , कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

निर्जीवन बीमा कम्पनीले बीमा शुल्क वापत करिब १६ अर्ब उठाए , कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँच महिनासम्ममा करिब १६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ४७ हजार २ सय ६४ वटा जारी बीमालेखबाट कुल १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन कम्पनीहरुले मंसिरमा मात्र २ लाख २८ हजार एक सय २६ वटा जारी बीमालेखबाट २ अर्ब ६१ करोड ९९ लाख रुपैंया बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिरमहिना सम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कुल एक अर्ब ५४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले एक अर्ब २९ करोड ४४ लाख रुपैंया बीमा शुल्क आर्जन गरेका छन् । नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड ८५ लाख, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब १३ करोड ५२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९३ करोड ८० लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख, सानिमा जिआइसी इनस्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, आइएमई जनरलले ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साथै, यसअवधिमा सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा नेसनल इन्सुरेन्स कम्पनी देखिएको छ । यसले मंसिरसम्ममा ४१ करोड ३६ लाख रुपैयाँ मात्र बिमा शुल्क आम्दानी गरेको छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १७:३४