एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब बढ्यो



काठमाडौं। पुस महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघ, (एनबिए)का अनुसार पुस महिनाको पहिलो सातामा कमर्शियल बैंकको निक्षेप २० अर्बले बढेको हो।

पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ ।

यस अवधिमा कर्जा प्रवाह १ अर्ब मात्रै बढेको छ । पुस १ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ ।

त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको छ ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार २१:२३