आँधिखोला लघुवित्तको बोनस शेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आँधिखोला लघुवित्तको बोनस शेयर घोषणा



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ । यस लघुवित्तको शुक्रबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र आँधिखोलाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १२:००