राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो।

मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित : 12 December, 2025 2:43 pm