नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते



काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते गर्ने तयारी भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको पुस ७ गते दिउँसो १ बजे गर्ने तयारी गरेको हो ।

संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरुको शपथ हुन लागेको हो ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १५:५२