साल्ट ट्रेडिङ् कर्पोरेशनले १० प्रतिशत बोनश शेयर वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साल्ट ट्रेडिङ् कर्पोरेशनले १० प्रतिशत बोनश शेयर वितरण गर्ने



काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरुलाई यही असार ४ गते देखी शेयर वितरण गर्ने भएको छ । कर्पोरेशनका शेयरधनीहरुले १० प्रतिशत बोनश शेयर पाउने बताइएको छ ।
गत चैत १३ गते बसेको कर्पोरेशनको ४८औं वार्षिक साधारणसभाबाट उक्त निर्णय भएको हो । बोनश शेयर प्रमाणपत्रहरु कर्पोरेशनको केन्द्रिय कार्यलय कालीमाटीबाट वितरण गरिने छ । शेयर प्रमाणपत्र लिन जांदा शेयरधनी स्वयम् वा मंजुरीनामा र नागरिकताको फोटोकपी लिई जानु पर्ने समेत बताइएको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:२५