गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्ड विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्ड विजयी



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए। एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे।

गोरखा-२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो। प्रचण्ड चौथो पटक सांसद बनेका हुन्। ०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका थिए ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ०८:३६