अछाम क्षेत्र नम्बर १ मा समाजवादीका शेरबहादुर कुँवर विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

अछाम क्षेत्र नम्बर १ मा समाजवादीका शेरबहादुर कुँवर विजयी



कैलाली । अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् ।

आज बुधबार बिहान कुँवर १९ हजार ५ सय ३४ मत प्राप्त गरेर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाले १५ हजार ४५ मत प्राप्त गरेर पराजित भएका हुन । स्वतन्त्र उम्मेदवार राजन कुँवरले भने ४ हजार ३ सय ९२ मत प्राप्त गरे ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०८:१५