शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ सालदेखि निरन्तर जित्दै आएका छन् । देउवाले २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल तेस्रो स्थानमा आए । त्यस्तै अर्का राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द खडायतले ७८४ ले पाएका छन् ।

२९ असार, २०७८ मा सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको थियो । देउवा २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए। उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन्। २०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०८:०३