काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएकी छिन् । आज बुधबार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकि हुन ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरे

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छिन् ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०७:५०