पिपुल्स हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

पिपुल्स हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै



काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ बुधबार साँझ ४ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आइपीओमा १२ लाख ६८ हजार २१७ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १ करोड ४९ लाख ९९ हजार २५० कित्ता सेयर खरिद गर्न १ अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा २.९३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०७:४७