रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका आचार्य निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका आचार्य निर्वाचित



काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।

२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार २०:३२