प्रत्यक्ष र समानुपातिकका मतपत्र एकै पटक गणना गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रत्यक्ष र समानुपातिकका मतपत्र एकै पटक गणना गरिने



काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्ष र समानुपातिकका मतपत्र एकै पटक गणना गरिने बताएका छन्। उनले यसका लागि आवश्यक व्यवस्था मिलाइएको बताए।

प्रत्यक्ष र समानुपातिक तथा प्रदेशतर्फ पनि त्यसैगरी मतगणना हुने उनले बताए। आयोगले पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो।

‘४ स्थानमा मतगणना हुन्छ। सबै मतपेटिकाको मत गणना सँगसँगै हुने थपलियाको भनाइ छ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार २०:२७