देशभर कति ठाउँमा भए मतदान स्थगित ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशभर कति ठाउँमा भए मतदान स्थगित ?



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । आयोगले एक सूचनामार्फत चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्ने प्रयास भइरहेको जनाएको छ ।

साथै, अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिएको छ राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १६:१९