बाजुरामा एउटा मतपेटिकामा आगजनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बाजुरामा एउटा मतपेटिकामा आगजनी



काठमाडौं । बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो ।

केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको छ । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १५:४९