सामान्य अवरोधमा मतदान स्थगित नगर्नु: निर्वाचन आयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

सामान्य अवरोधमा मतदान स्थगित नगर्नु: निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति नलिईकन मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । सामान्य अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गर्न थालेपछि आयोगले केन्द्रमा जानकारी नदिई स्थगन नगर्ने भनेको हो ।

आयोगले सूचना जारी गरी स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको छ ।

सूचनामा ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’ जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १२:४२