कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए



काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीया सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन् ।

उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । त्यसको आधा घण्टापछि पुनः पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १२:१८