प्रधानमन्त्री देउवाले गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

प्रधानमन्त्री देउवाले गरे मतदान



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।

उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १०:४८