उम्मेदवार हरि ढकाल र नयन बास्तोलाले गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

उम्मेदवार हरि ढकाल र नयन बास्तोलाले गरे मतदान



काठमाडौं। पुँजीबजारका अगुवा लगानीकर्ता हरि ढकालले चितवन क्षेत्र नम्बर १ को माधपपुर माविबाट मतदान गरेका छन्। उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)बाट चुनावमा होमिएका छन्।

यसैगरी नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्नो निर्वाचन क्षेत्रबाट लौरो चिह्नमा मतदान गरेका छन्। बास्तोला भक्तपुर क्षेत्र नं. १ (क)का प्रदेशसभा उम्मेदवार हुन्। बास्तोलाले चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित गणेश मावि स्कुलबाट मतदान गरेका छन्।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १०:४२