सांसद भएपछि संसदीय दलको चुनाव लड्ने तयारीमा छुः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

सांसद भएपछि संसदीय दलको चुनाव लड्ने तयारीमा छुः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । आज बिहान ७.४५ बजे मैतीदेवी स्थित मतदान केन्द्रमा महामन्त्री थापाले मतदान गरेका हुन् ।

काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले भने, यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०९:०७