ढुक्क भएर मतदानमा सहभागी हुनुस्ः निर्वाचन आयुक्त भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

ढुक्क भएर मतदानमा सहभागी हुनुस्ः निर्वाचन आयुक्त भण्डारी



काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानमा सहभागी भएपछि उनले संचारकर्मी संक्षिप्त कुराकानी गर्र्दै यस्तो आग्रह गरेका हुन ।

निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन । आयुक्त भण्डारीले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।

उनले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०९:०१